काठमाण्डौ – उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आउँदो आर्थिक वर्ष २०८२/८३ को बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गर्न शुरू गर्नुभएको छ ।

आजै संसद् बैठकमा चालू वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुभएका अर्थमन्त्री पौडेल त्यसपछि बजेट स्वीकृत गराउन मन्त्रिपरिषद्को बैठकमा पुग्नुभएको थियो ।

मन्त्रिपरिषद्ले पारित गरेको बजेट अहिले अर्थमन्त्री पौडेलले संसद् बैठकमा प्रस्तुत गरिरहनुभएको छ ।