इङ्ग्ल्यान्डविरुद्धको पहिलो टेस्टमा भारतको सशक्त शुरुवात
काठमाडौं, असार ७ — इङ्ग्ल्यान्डविरुद्धको पहिलो टेस्ट क्रिकेटमा भारतले पहिलो दिन उत्कृष्ट शुरुवात गरेको छ। शुभमन गिल र यशस्वी जैसवालको शतकीय पारीको मद्दतले भारतले पहिलो दिनको खेल सकिँदा ३ विकेटको क्षतिमा ३५९ रन बनाएको हो।
ओपनर यशस्वी जैसवाल १०१ रनमा आउट भए भने कप्तान शुभमन गिल १२७ रनमा क्रिजमा अविजित छन्। उपकप्तान ऋषभ पन्त पनि अर्धशतक पुरा गर्दै नटआउट छन्। अन्यतर्फ केएल राहुलले ४२ रन बनाए भने साई सुदर्शन खाता नखोली आउट भए।
इङ्ग्ल्यान्डका लागि कप्तान बेन स्टोक्सले २ विकेट तथा बायडेन कार्सले १ विकेट लिएका छन्। टस जितेर पहिले बलिङ रोजेको घरेलु टोली इङ्ग्ल्यान्डका लागि भारतीय ब्याट्सम्यानहरू रोक्न मुस्किल परेको देखिएको छ।
भारत र इङ्ग्ल्यान्डबीच पाँच खेलको टेस्ट शृङ्खला भइरहेको हो।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













