एनपीएलको विजेता लुम्बिनीले १ करोड १० लाख पाउने, अरू कसले कति पाउँछन् ?
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो संस्करणको विजेता टिम लुम्बिनी लायन्सले पुरस्कार रकम १ करोड १० लाख पाउनेछ।
उपविजेता बनेको सुदूरपश्चिम रोयल्सले ५१ लाख पाउनेछ। तेस्रो स्थानमा रहेको विराटनगर किंग्सले २५ लाख र चौथो स्थानमा रहेको काठमान्डु गोर्खाजले १५ लाख पाउनेछ।
नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले प्रतियोगिता सुरु हुनु अघि पहिलो सिजनको पुरस्कार रकमलाई नै निरन्तरता दिने बताएका थिए।
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई : दोस्रो पटक फाइनलमा चुक्यो सुदूरपश्चिम

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

















