कपिलवस्तु, २२ गते । कपिलवस्तुको तौलिहवामा मधेस मानव अधिकार गृह माहुरी होमको १८ औ बार्षिक साधारण सभा संपन्न गरिएको छ ।
सभाको राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख संतोष आचार्यले उदघाटन गर्दै मावन अधिकार रक्षाका लागि माहुरीले होमले गरको प्रयास प्रशनीय रहेको बताए । उनले तराई मधेसमा घट्ने मानव अधिकार उल्लघनको घटनामा माहुरी होमले पैरबी गरेर मावन अधिकारको रक्षाकालागि पहल गरेको बताए ।
उनले सबै मिलेर मानव अधिकारको रक्षाकालागि साथ दिनु पर्ने बताए ।
कार्यक्रममा संस्थाकी महासचिव अमृता अनमोल र आर्थिक प्रतिबेदन कोषाध्यक्ष ओमप्रकाश त्रिपाठीले प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष रामदयाल ठाकुरको अध्यक्षता, रिखिराम हरिजनको संचालनमा भएको कार्यक्रममा गैसस महासंघ कपिलवस्तुका अध्यक्ष जय प्रकाश पाण्डेय, महिला अधिकारकर्मी पुष्पा रेग्मी, ईन्सक जिल्ला प्रतिनिधि रिमा बिसि लगायतले शुभकामना मन्तब्य दिएका थिए ।