कपिलवस्तु २५ पुस । निर्बाचन लक्षित निर्बाचन प्रहरीको आबेदन लिने सुरु दिन देखि नै जिल्ला प्रहरी कार्यालय तौलिहवामा आबेदन दिने युवाहरुको ठुलो भीड लागेको छ । आबेदन दिने शुक्रवार बिहान १० बजे देखि सुरु हुने भनिए पनि बिहान ८ बजे देखि नै आबेदन दिने युवा युवतीको ठुलो जमात देखिएको थियो । जिल्ला प्रहरी कार्यालय गेट बाहिर आबेदन दिनेहरुको ठुलो भीड लागेको थियो ।
भिडका कारण गेहट बाहिर दर्ता गर्नकालागि आबेदकलाई २ वटा लाईन लगाइएको थियो । पहिलो दिन र अत्यधिक जाडो भएकाले आबेदन लिन केही ढिलाई भएको थियो । आबेदन लिन महिला र पुरुष गरी प्रहरी कार्यालय हाता भित्र दुई वटा डेस्क खडा गरिएको प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहले बताए । आबेदकको भीडका कारण साझ ६ बजे सम्म पनि फारम दर्ता गरिएको उनले बताए ।
उनले आबेदकहरुको भीडलाई मध्यनजर गरी शनिवार देखि बिहान ८ बजे देखि साझ ५ बजे सम्म आबेदन लिने गरी ब्यवस्था मिलाइएको उनले बताए । ‘ सुरु दिन भएकाले केही ढिलो भयो, शनिवार देखि आबेदन लिने कार्यलाई अझै ब्यवस्थित र सहज बनाउने छौ ’ उनले भने । कपिलवस्तुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी कुल २ हजार ९ सय ६८ जना को माग गरिएको छ । जसमध्ये प्रहरी तर्फ २ हजार ६६८ र सशस्त्र तर्फ ३ सय ५० जना माग गरिएको छ ।
आबेदन दिने मिति पुस २५ देखि माघ १ गते सम्म तोकिएको छ । यसैबिच पहिलो दिन कुल २ सय ५० जनाको आबेदन दर्ता भएको प्रहरी नायब उपरिक्षक सिंहले बताए । जसमध्ये पुरुष १ सय ५९ र महिला ९१ रहेका छन र सशस्त्र प्रहरी तर्फ भने एक जनाको मात्र आबेदन दर्ता भएको छ ।