सल्यानमा ३९ नाल भरुवा बन्दुक बरामद
सल्यान, माघ २ गते। सल्यानमा मंसिरयता अवैध हतियार नियन्त्रण अभियानका क्रममा प्रहरीले ३९ नाल भरुवा बन्दुक बरामद गरेको छ। पछिल्लो पटक जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ५ स्थित शान्ति सुरक्षा सामुदायिक वन क्षेत्रबाट छ नाल भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको हो।
प्रहरीका अनुसार यसअघि जिल्लाका विभिन्न स्थानबाट ३३ नाल भरुवा बन्दुक बरामद भएका थिए। पछिल्लो बरामदसँगै मंसिरयता जिल्लाभरबाट नियन्त्रणमा लिइएका भरुवा बन्दुकको संख्या ३९ पुगेको छ।
शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गर्दै वन क्षेत्रबाट बरामद गरिएका बन्दुक सार्वजनिक गर्दै यसबारे जानकारी गराएको हो।
बरामद भरुवा बन्दुक कसले, कुन उद्देश्यले र कहिलेदेखि राखेको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्णबहादुर केसीले जानकारी दिनुभयो।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













