ट्राफिकद्वारा छ महिनामा चार हजार सवारी कारबाहीमा
तौलिहवा(कपिलवस्तु), माघ ५ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले चालु आर्थिक वर्ष ०८२/०८३ को छ महिनाको अवधिमा चार हजार २७८ सवारी कारबाहीमा परेका छन् । उक्त कारबाहीबाट ४४ लाख ७० हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन गरेको हो । ट्राफिक प्रहरी कार्यालयले साउनदेखि पुससम्म सो राजस्व सङ्कलन गरेको हो ।
कार्यालयका अनुसार साउनमा ९६४ सवारी कारबाहीबाट नौ लाख ७३ हजार पाँच सय, भादौमा सात सय ९० सवारी कारबाहीबाट आठ लाख ८० हजार असुली भएको छ ।
त्यस्तै असोज महिनामा पाँत सय सवारी कारबाहीबाट पाँच लाख २३ हजार पाँच सय र कात्तिक महिनामा पाँच सय १२ सवारी साधन कारबाहीबाट चार लाख २४ हजार पाँच सय रजस्व असुली गरिएको ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले बताउनुभयो ।
त्यस्तै, मङ्सिर महिनामा सात सय ९६ सवारी साधन कारबाहीबाट आठ लाख २६ हजार पाँच र सात सय १६ सवारी साधन कारबाहीबाट सात लाख ४२ हजार पाँच सय रुपियाँ राजस्व असुली गरिएको प्रहरी निरीक्षक ढकालले बताउनुभयो ।
जिल्लाको चन्द्रौटा, कृष्णनगर, तौलिहवा, गोरुसिंगे ४ नं. जितपुर, पिपरा र पकडी लगायत स्थानबाट राजस्व सङ्कलन गरिएको उहाँले बताउनुभयो । जिल्लाका विभिन्न स्थानमा गरिएको चेक जाँचका क्रममा ओभरलोड, सिट क्षमता विपरित सवारी साधन सञ्चालन, मापसे गरी सवारी सञ्चालन, लाईसेन्स नबोकि सवारी सञ्चालनलगायत सवारी सञ्चालन गरेका उहाँहरु कारबाहीमा परेको प्रहरी निरीक्षक ढकालको भनाइ लछ ।
कारबाहिमा सबैभन्दा बढी मालबाहक ट्रक, मोटरसाइकल, जिपकार, बस, टेक्टर लगायत रहेको जिल्ला कार्यालयले जनाएको छ ।
राजमार्गमा सञ्चालन हुने साना ठुला सवारी साधनका चालक, परिचालक तथा यात्रुहरुजनालाई सवारी चलाउँदा, सडक प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी तथा ट्राफिक नियमसम्बन्धी प्रशिक्षण एवम् विद्यार्थीहरुले सडक प्रयोग गर्दा अपनाउनु पर्ने सावाधनीबारे विभिन्न जनचेतना मुलक कार्यक्रम सञ्चालन गरिएको गरिँदै आएको छ ।































