कपिलवस्तु, माघ १३ गते । कपिलवस्तुको कृष्णनगर भन्सारमा ७४ औ अन्तर्राष्ट्रिय भन्सार दिवसमा बढी भन्सार राजस्व बुझाउने २ उद्योगलाई सम्मानित गरिएको छ । दिवसका अवसरमा बढी राजस्व बुझाउने कपिलवस्तुको बिजया स्टील प्रालि र सम्राट सिमेन्ट प्रालिक दाङलाई सम्मानित गरिएको हो ।
बिजया स्टीलले ५४ करोड ७७ लाख र सम्राट सिमेन्टले ४४ करोड ८६ लाख राजस्व बुझाएको भन्दै प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले प्रशंसा पत्रले दुबै उद्योगका प्रतिनिधिलाई सम्मानित गरेका हुन ।
सो अवसरमा प्रजिअ गौतमलले भन्सार बिस्तारै प्रबिधि मैत्री बन्दै गएकोमा ब्यापारीहरुलाई कारोवार गर्न सहज भएको बताए । उनले सबैले बैध तरिकाबाट मालसामान भन्सार तिरेर ल्याइए सबैकालागि हितकारी हुने समेत बताए । उनले खुला सिमाका कारण हुने तस्कारीले भन्सार राजस्वमा प्रभाव पार्ने गरेको र यसको नियन्त्रण्मा सबैले साथ दिनु पर्ने बताए ।
उनले भन्सारले आफ्नो सेवा सुबिधा समेत बिस्तारै सुधार गर्दै गएको बताए । कार्यक्रममा भन्सारलाई सहयोग गर्ने आधा दर्जन बढी संस्था भन्सार एजेन्ट, कर्मचारीहरुलाई समेत सम्मानित गरिएको थियो ।
सो अवसरमा भन्सार प्रमुख फणिन्द्र खतिबडाले कृष्णनगर भन्सारले चालु आर्थिक बर्षको ६ महिनामा २ अर्ब ५१ करोड लाख ५९ लाख ५८ हजार राजस्व संकलन गरेको बताए । लक्ष्यको ८६ प्रतिशत बढी राजस्व संकलन भएको र ६ महिनाको बाकी अवधिमा बार्षिक लक्ष्य अनुसार राजस्व उठने उनले बताए ।
उनले भन्सार बिभागले छैठो सुधारको कार्यक्रम निर्माण गरेकोले अब भन्सारको सेवा सुबिधा समेत थप प्रभावकारी र सहज बन्ने बताए । सो अवसरमा ब्यापारी प्रेमशंकर शुक्लाले भन्सारले ब्यापारीहरुसंग थप समन्वय गर्नु पर्ने बताए । ब्यापारीकालागि सहज हुने वातावरण निर्माण गरी ब्यापारी मैत्री भन्सार बनाउनु पर्ने उनले बताए ।
कार्यक्रममा पत्ररका महासंघका जिल्ला अध्यक्ष डिलाराम भुसाल लगायतले मन्तब्य दिएका थिए । उता जिल्लाको सुठौली भन्सार कार्यालयमा समेत दिवसका अवसरमा सरसफाई र सम्मान कार्यक्रम संपन्न गरेको छ । कार्यालय प्रमुख किरण बिष्टले दिवसका अवसरमा कार्यालयमा सरसफाई र जग्गादाता लगायतलाई सम्मानित गरिएको बताए ।
सुठोली भन्सारमा ६ महिनामा ६७ करोड ८७ लाख बढी राजस्व संकलन भएको बताए । उनले लक्ष्य भन्दा बढी नै राजस्व उठेकोे बताए ।