आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले आज इटालीसँग खेल्दै
काठमाण्डौ – आईसीसी महिला च्यालेन्ज ट्रफीको आफ्नो दोस्रो खेलमा नेपालले आज इटालीसँग खेल्दैछ । यो खेल बेलुकी पौने ५ बजे रुवान्डामा शुरु हुनेछ ।
पहिलो खेलमा नेपाल हिजो अमेरिकासँग ४४ रनले पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित अमेरिका, इटाली, रुवान्डा र भानुआतु छन् । खेल डबल राउण्ड रोबिनका आधारमा हुनेछ ।
शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ । प्रतियोगिता मे १ तारिख अर्थात् वैशाख १८ गतेसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






























