किर्डाक नेपालको सहयोगमा जनचेतना माविमा उत्कृष्ट कार्यसम्पादन गर्ने १२ जनालाई सम्मान
विद्यालयमा आयोजित कार्यक्रममा ECD देखि कक्षा ३ सम्म अध्ययनरत विद्यार्थीहरू, अभिभावक तथा शिक्षकहरूमध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने १२ जनालाई सम्मान गरिएको छ। सम्मान कार्यक्रममा ४ जना अभिभावक, ४ जना शिक्षक तथा ४ जना विद्यार्थीलाई उत्कृष्टताको कदर गर्दै सम्मानपत्र तथा पुरस्कार प्रदान गरिएको थियो। प्रधानाध्यापक देवानन्द ठाकुरको अनुसार “यसले विद्यालय, अभिभावक र विद्यार्थीबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै शैक्षिक वातावरणलाई थप प्रेरणादायी बनाएको छ ” बताउनु भयो।

त्यसैगरी, कक्षा १ मा अध्ययनरत ७१ जना विद्यार्थीहरूको दीक्षान्त समारोह विशेष उत्साहका साथ सम्पन्न गरिएको छ। कार्यक्रममा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै उनीहरूको उज्ज्वल शैक्षिक भविष्यको कामना गरिएको थियो। साना बालबालिकाहरूको सहभागिता, अभिभावकहरूको उपस्थिती तथा कार्यक्रमको उल्लासपूर्ण वातावरणले समारोहलाई अझ आकर्षक र स्मरणीय बनाएको भनेर कार्यक्रममा अध्यक्षता आसन ग्रहण गरेका विद्यालय व्यवस्थापन समितिका सदस्य सतिश चन्द्र गुप्ताले जोड दिनु भयो ।
।
यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण सहयोग पुर्याउनुहुने विलिफ परियोजना अन्तर्गत सञ्चालित किर्डाक नेपाल, इन्दु म्याम तथा शिक्षा संयोजक विष्णु भुषाल सरप्रति विद्यालय परिवार हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछ। साथै, कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरू र सहयोगी हातहरूप्रति समेत विद्यालय परिवार विशेष आभार प्रकट गर्दछ।

भविष्यमा पनि यस्तै सहयोग, सहकार्य, सद्भाव र समन्वय निरन्तर रहिरहोस् भन्ने अपेक्षासहित विद्यालय परिवार सम्पूर्णमा पुनः हार्दिक धन्यवाद ज्ञापन गर्दछ।































