श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बजेट भाषण चल्दाचल्दै संसद् बैठक छोडेर हिडेकोबारे प्रष्टोक्ति दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले संसदमा प्रधानमन्त्रीलाई ल्याउने दबाव अन्तर्गत बैठक छोडेर हिडेको प्रष्टोक्ति दिएका छन् । ‘प्रधानमन्त्री आए । जवाफदेही बनाउने मेरो दबाव हो । त्यसैले उनैले सुनून् उनका बजेट भाषण भनेर हिँडे म चाहिँ,’ साम्पाङले लेखेका छन् ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरिरहँदा अध्यक्ष साम्पाङले बैठक हल छोडेका थिए ।