कपिलवस्तु, जेठ २७।

श्री जनचेतना सामुदायिक माध्यमिक विद्यालय, लक्ष्मणपुरमा ENSSURE परियोजनाद्वारा सञ्चालित “शिक्षाको संसारबाट कामको संसार चिनाउने” कार्यक्रम अन्तर्गत बुधबार कक्षा १० का विद्यार्थीहरूको आयोजनामा भव्य खाजा महोत्सव सम्पन्न भएको छ।

महोत्सवमा विद्यार्थीहरूले समोसा, मटर, पानीपुरी, चाउमिन, लस्सी, मोमो, पपकर्न, पकौडा, चिया, गुजिया, बिरयानी लगायतका विभिन्न परिकारहरूको तयारी, प्रदर्शन तथा बिक्री व्यवस्थापन गरेका थिए। विद्यार्थीहरूले आफैं योजना निर्माण, सामग्री व्यवस्थापन, मूल्य निर्धारण, बिक्री तथा ग्राहक व्यवस्थापन जस्ता कार्यहरू सम्पन्न गर्दै उद्यमशीलता, नेतृत्व क्षमता र व्यावहारिक शिक्षाको उत्कृष्ट नमूना प्रस्तुत गरेका थिए।

कार्यक्रमको अवलोकन तथा अनुगमन गर्न शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख श्री पूर्णबहादुर विश्वकर्मा, श्री बाल ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री हेमराज पाठक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री आनन्द कुमार शुक्ला, सदस्य श्री सतीश चन्द्र गुप्ता लगायत विभिन्न सरोकारवालाहरूको गरिमामय उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूले विद्यार्थीहरूको सिर्जनशीलता, मेहनत तथा व्यवसायिक सोचको प्रशंसा गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई भविष्यमा आत्मनिर्भर बन्न प्रेरणा दिने बताएका थिए।

 

विद्यालयका प्रधानाध्यापक देवानन्द ठाकुरले यस कार्यक्रमवाट विद्यार्थीहरूमा व्यावहारिक ज्ञान, नेतृत्व क्षमता, व्यवसायिक सोच तथा आत्मनिर्भरता विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको विद्यालयले जनाएको छ। कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी तथा सहयोगीहरूप्रति विद्यालय परिवारले हार्दिक धन्यवाद व्यक्त गरेको छ।