सांसद अभिषेक प्रताप शाह र मेयर रजत प्रताप शाह विरुद्ध जाहेरी दिएका रितेश शर्मा आफै फरार
कपिलवस्तुको कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा कोहिनूर मार्बलका सञ्चालक रितेश शर्मा आफूविरुद्ध अपराधिक उपद्र मुद्दामा पक्राउ पुर्जी जारीपछि फरार भएका छन्। यसअघि उनले क्षेत्र नम्बर ३ का सांसद अभिषेक प्रताप शाह र कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहविरुद्ध ज्यान मार्ने उद्योगको जाहेरी दिएका थिए।
कपिलवस्तु प्रहरीले शर्मासहित सात जनाविरुद्ध अपराधिक उपद्रो मुद्दा दर्ता गरी जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको जनाएको छ। प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्र सिंहका अनुसार आरोपितहरूको खोजी भइरहेको छ।
कृष्णनगरस्थित शाह कम्प्लेक्समा रहेको एक व्यावसायिक कार्यालयमा तोडफोड तथा तालाबन्दी गरेको आरोपमा कम्प्लेक्सका सञ्चालक वैभव प्रताप शाहले शर्मासहितको समूहविरुद्ध जाहेरी दिएका थिए। सोही घटनापछि उत्पन्न विवाद मिलाउन सांसद शाह र मेयर शाह शर्माको घर पुगेको बताइन्छ । त्यसलगत्तै शर्माले दुवै जनाविरुद्ध ज्यान मार्ने उद्योगको जाहेरी दिएका थिए।
दुवै पक्षले एकअर्का विरुद्ध उजुरी दिएपछि प्रहरीले दुवै मुद्दा दर्ता गरेको हो। उक्त घटनाले स्थानीयस्तरमा राजनीतिक आकार लिन खोजेको छ ।
#जनआस्था साभार
























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













