४ किलो गाँजासहित विमानस्थलबाट दुई भारतीय पक्राउ
काठमाडौँ, साउन ७ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरी टोलीले थाई एयरवेजको उडानमार्फत नेपाल आएका उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार थाई एयरवेजको उडान नम्बर टिजी ३०९बाट थाइल्यान्डको बैंकक हुँदै नेपाल आएका दुई भारतीय महिलाको शङ्कास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा उनीहरूको सुटकेसभित्र लुकाइराखिएको चार किलो गाँजा बरामद भएको हो।
पक्राउ पर्नेमा भारत मणिपुर निवासी २० वर्षीया मोना देवी लोङजाम र २३ वर्षीया ओइनाम एली रहनुभएको छ। उहाँहरूमाथि आवश्यक अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट लागुऔषध गाँजा चार किलो, दुई थान राहदानी र दुई थान मोबाइल फोनसमेत बरामद गरेको जनाएको छ।
























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













