उद्धार टोली र औषधिसहित भारतबाट नेपाल आयो पाँचौँ खेपको सहयोग
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्यमा सहयोग गर्न भारतले पाँचौँ खेपको सहयोग नेपाल पठाएको छ।
भारतीय विदेशमन्त्री डा. एस जयशंकरले बुधबार बिहान पाँचौँ खेपको सहयोग विमानमार्फत नेपाल पठाइएको जानकारी दिएका हुन्। उनका अनुसार भारतबाट नेपाल आएको पाँचौँ विमानमा विशेष उपकरणसहितको ११ सदस्यीय उद्धार टोली र ५.५ टन अत्यावश्यक औषधि रहेको छ।
यसअघि पनि भारतले रसुवाको बाढी प्रभावितको उद्धार तथा राहतका लागि विभिन्न सामग्रीसहित सहयोग पठाएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













