२५ ग्राम ९०० मिलिग्राम ब्राउन सुगरजस्तो पदार्थसहित चार जना पक्राउ
लुम्बिनी, भदौ २२ गते । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित थाई मन्दिर नजिकबाट ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थसहित चार जना पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा दुई वटा मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार लु ३९ प ६२१० र लु १४ प ३७६५ नम्बरका मोटरसाइकल जाँच गर्ने क्रममा २५ ग्राम ९०० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ बरामद भएको थियो ।
पक्राउ पर्नेमा राजेश प्रसाद तेली, राजेश कुमार तिवारी, आजिजु राहमान मुसलमान र कृपा शंकर उपाध्याय रहेका छन् ।
इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक होमनाथ रेग्मीले नियमित चेकजाँचका क्रममा शङ्कास्पद पदार्थ फेला परेपछि चार जनालाई नियन्त्रणमा लिइएको बताउनुभयो । उहाँका अनुसार बरामद पदार्थ परीक्षण तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
“चेकजाँचका क्रममा शङ्कास्पद खैरो पदार्थ फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिएका हौँ,” प्रहरी निरीक्षक रेग्मीले भन्नुभयो, “बरामद पदार्थको परीक्षण र पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।”
पक्राउ परेका चारै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













