तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने
कपिलवस्तु । कपिलवस्तुको सदरमुकाम तौलिहवामा बजाज मोटरसाइकलको ‘ग्रान्ड एक्सचेन्ज मेला’ आयोजना हुने भएको छ । केदारनाथ अटोमोबाइल्सको आयोजनामा यही भदौ २५ गतेदेखि ३० गतेसम्म बुद्धपद्म माध्यमिक विद्यालयको खेलमैदानमा मेला सञ्चालन हुने भएको हो ।
मेलामा पुरानो मोटरसाइकल एक्सचेन्ज गरी नयाँ बजाज मोटरसाइकल खरिद गर्न सकिने केदारनाथ अटोमोबाइल्सका शाखा सञ्चालक बिनोद पाठकले बताउनुभयो । उहाँका अनुसार ग्राहकलाई पुरानो मोटरसाइकलको उच्चतम मूल्यांकन, नगद छुट तथा सहज वित्तीय सुविधा उपलब्ध गराइनेछ ।
“पुरानो मोटरसाइकलको उचित मूल्यांकन गरी नयाँ बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकलाई विशेष सुविधा दिने उद्देश्यले एक्सचेन्ज मेला आयोजना गर्न लागेका हौँ,” पाठकले भन्नुभयो ।
मेलामा नयाँ मोटरसाइकल खरिदका लागि अन द स्पट फाइनान्स सुविधा उपलब्ध हुने आयोजकले जनाएको छ । फाइनान्समा एक प्रतिशत सेवा शुल्क लाग्ने जनाइएको छ । त्यस्तै, नयाँ बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकलाई निःशुल्क हेल्मेट उपलब्ध गराइनेछ ।
मेलामा बजाजका विभिन्न मोडलका मोटरसाइकल अवलोकन तथा खरिद गर्न सकिनेछ । केदारनाथ अटोमोबाइल्सले तौलिहवा क्षेत्रमा ग्राहकलाई लक्षित गर्दै एक्सचेन्ज मेलामार्फत पुराना मोटरसाइकललाई नयाँ बजाज मोटरसाइकलसँग साट्ने अवसर प्रदान गर्न लागेको हो ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













