कालिकाद्वारा विपद् उद्धार कोषमा एक लाख ५५ हजार सहयोग
कपिलवस्तु, भदौ २४ गते । कपिलवस्तुको तौलिहवास्थित कालिका स्वावलम्बन सामाजिक केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख ५५ हजार रुपियाँ सहयोग गरेको छ ।
केन्द्रका अध्यक्ष मन्दिप सिंह, कार्यकारी निर्देशक रामेन्द्र सिंह रावल लगायतको टोलीले उक्त रकम जम्मा गरेको भौचर प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई हस्तान्तरण गरेको हो ।
कार्यकारी निर्देशक सिंहका अनुसार यसअघि पनि केन्द्रको साझेदारीमा फेयरमेड फाउन्डेसन अन्तर्गत सञ्चालित प्रेरणा परियोजना मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई लाख २५ हजार रुपियाँ सहयोग गरिसकिएको बताउनुभयो ।
भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सहयोग गरिएको केन्द्रले जनाएको छ । केन्द्रले विपद्का बेला प्रभावित परिवारलाई राहत उपलब्ध गराउन सामाजिक संस्थाको तर्फबाट सक्दो सहयोग गर्दै आएको जनाएको छ । जिल्लाका छ जना नागरिक रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीमा परी सम्पर्क विहीन रहेका छन् ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













