युप्सानको अध्यक्षमा गणेश श्रीवास्तव
कपिलवस्तु । निजी विद्यालयहरूको साझा सङ्गठन युनिफाइड प्राइभेट स्कुल्स एसोसिएसन अफ नेपाल (युप्सान) को अध्यक्षमा पैरडाइस चिल्ड्रन अकैडमीका गणेश श्रीवास्तव चयन हुनुभएको छ।
हुदा मोडल स्कुलमा सम्पन्न निजी विद्यालयका प्रधानाध्यापकहरूको भेलाले श्रीवास्तवलाई अध्यक्षको जिम्मेवारी दिएको हो। अध्यक्षमा चयन भएपछि श्रीवास्तवले आफूलाई जिम्मेवारी प्रदान गरेकोमा सम्पूर्ण सहयोगी प्रधानाध्यापक तथा विद्यालय परिवारप्रति आभार व्यक्त गर्नुभएको छ।
युप्सानको कार्यसमितिमा हुदा मोडल स्कुलका मुकेश गुप्ता, पिपुल केयर एकेडेमीका त्रिपुरारी मिश्र, सनसाइन ई बो स्कुलका धर्मेन्द्र चौधरी र सीएन मेमोरियल स्कुलका रामरेखा यादव रहनुभएको छ।
त्यसैगरी सल्लाहकारमा शान्ति निकेतन स्कुलका चतुर्भुज शर्मा, हुदा मोडल स्कुलका डा मोबिन खान, बुद्ध ज्योति स्कुलका प्रकाश गैरे, वेस्ट प्वाइन्ट ईबी स्कुलका गणेशलाल कर्ण र जेभियर ईबी स्कुलका नवीन शर्मा चयन हुनुभएको छ।
नवनिर्वाचित अध्यक्ष श्रीवास्तवले निजी विद्यालयबीच सहकार्य, शैक्षिक गुणस्तर सुधार तथा निजी विद्यालयका साझा समस्या समाधानका लागि सङ्गठनलाई सक्रिय बनाउने बताउनुभएको छ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













