जनकपुरधाम : सिरहामा बाढीमा फसेका तीनजालाई शकुशल उद्धार गरिएको छ ।
कमला नदीमा दाउरा टिप्न जाँदा बाढीमा फसेका तीनजनलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरुको उद्धार गरेको हो ।
कर्जन्हा नगरपालिका–३ की ४५ वर्षीया आदीदेवी मुखिया, ४० वर्षीय करणी देवी गराई र ३५ वर्षीया विमला राईलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
‘नदीमा पानीको बहाब एकाएक बढेर उनीहरु भंगालो परेको बीचमा फसेका थिए । हामीले तीनैजनालाई शकुशल उद्धार गरको छौँ,’ एसपी हिरा पाण्डेले जनकपुरप्रेससित भने । नदीमा पानीको बहाब बढेपनि ‘थ्रेट लेभेल’ मा नआएको उनले जानकारी दिए ।
नदी आसपासका क्षेत्रमा अहिले प्रहरीले माइकिङ गरिरहेको उनले बताए । लगातारको वर्षाले कमला सहित विभिन्न नदीमा पानीको बहाब बढेको छ ।
तपाईको प्रतिक्रिया !