प्रदेश २ : वर्षाले घर भत्किँदा च्यापिएर तीन जना घाइते

जनकपुरधाम : सर्लाहीमा वर्षाले घर भत्किँदा तीन जना घाइते भएका छन ।

मलंगवामा अबिरल वर्षाका कारण घर भत्किँदा सुतिरहेका तीन जना घाइते भए का छन् ।

टायलले छाएको दुई तले कच्ची घर छानोसहित भत्किँदा घरमा सुतिरहेका १० जनामध्ये ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा ५० वर्षकी सुशीला देवी महरा, २६ वर्षकी रेखा देवी र दुई वर्षीया बालिका अर्चना रहेको प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।
घाइतेहरूको स्थानीयस्तरमै उपचार भइरहेको छ ।

घर भत्किएपछि खाद्यान्न, लत्ताकपडामा पनि क्षति पुगेको छ भने विस्थापित परिवार आफन्तको बसेका छन् ।

प्रतिक्रिया
संबन्धित समाचार