प्रदेश २ : खेतमा काम गरिरहेका रामदेबको हात्तीको आक्रमणबाट ज्यान गयो
वीरगन्ज : बारामा शुक्रबार बिहान जङ्गली हात्तीको आक्रमणमा परेर एक किसानको मृत्यु भएको छ।
कलैया उपमहानगरपालिका २ अवधापुरका ४५ वर्षीय रामदेव पटेलको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए।
बिहान साढे ८ बजेतिर खेतमा काम गर्न गएका बेला पटेललाइ हात्तीले आक्रमण गरेको र उपचारका लागि जिल्ला अस्पाल कलैया ल्याउँदै गर्दा उनको मृत्यु भएको मिश्रले जानकारी दिए।
मानववस्तीभन्दा करिब १५ किलोमिटर टाढा रहेको पर्सा राष्ट्रिय निकुन्जको जंगलबाट गाँउमा पसेको हात्तीले पटेललाई आक्रमण गरेको मिश्रले बताए।
स्थानीयका अनुसार बिहान धान रोपाईंका लागि खेतको आली मिलाउँदै गरेका बेला पटेललाई खेतछेउकै उखुबारीबाट अचानक निस्केको हात्तीले सुडँमा बेरेर थेचारेको थियो।
उक्त हात्ती अहिले गाँउकै छेउछाउमा रहेकाले हात्तीलाई नियन्त्रणमा लिनका लागि निकुन्जको टोलीलाइ खबर गरिएको प्रहरी नायव उपरीक्षक मिश्रले बताए।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













