जनकपुर : सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिदाँ एम्बुलेन्स चालकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा एम्बुलेन्स चालक सिरहाको सुखिपुर निवासि ४५ वर्षीय छेदीलाल कामत छन् ।
सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्वर ३ शम्भुनाथ मन्दिरको प्रवेशद्वार नजिकै पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना ६ ख ७८९२ नम्वरको बसले विपरीत दिशाबाट आउदै गरेको सिरल औषधी व्यावसायको स १ च ५५२ नम्वरको एम्बुलेन्सलाई ठक्कर दिदाँ एम्बुलेन्स चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्ट मार्टमका लागि गांगा प्रसाद उमा प्रसाद स्मारक अस्पताल लहान सिरहा पठाईएको र ठक्कर दिए ।
बसका चालक फरार रहेको र बस प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !