जनकपुरधाम : महोत्तरीको लोहरपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव फेला परेको छ ।
हत्या गरेर शौचालयको सेफ्टी ट्यांकमा गाडिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गएको जेठ १९ गते सुजिता बेपत्ता भएकी थिइन् ।
सुजिताको ससुराको पेट्रोल पम्पको छेउमा रहेको शौचालयको हदबाट शव बरामद भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जनकपुरप्रेसलाई बताए ।
‘उनको आफ्नै ससुराको जग्गामा रहेको सेफ्टी ट्याङकीको पिधमा खाल्डो खनेर गाडेर माथिबाट ढलान गरिएको अवस्थामा शव बरामद भएको छ,’ उनले भने ।
शव फेला परेको स्थानदेखि करिब एक किलोमिटरको दुरीमा रहेको खेतमा केहिदिनअघि मात्र अवशेष फेला परेको थियो ।
त्यसपछि त्यसपछि सुजिताको हत्या आरोपमा उनका देवर रूपेश ठाकुर र श्रीमान मुकेश ठाकुर सहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको डिएसपी विष्टले बताए ।
महोत्तरी प्रहरीले घटनाबारे चासो नलिएपछि केही अधिकारकर्मीको पहलमा प्रहरीले उनको खोजतलास सुरु गरेका थिए ।
तपाईको प्रतिक्रिया !