जनकपुरधाम : धनुषामा नव विवाहिता महिलाको शव फेला परेको छ ।
बटेश्वर गाउँपालिका– २ भूचक्रपुर स्थित रामभरोस महतोकी २० वर्षीया श्रीमती रञ्जु महतोको शव फेला परेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार आइतबार साँझ रञ्जु आफ्ै घरमा मृत फेला परेकी हुन् ।
साँझ ७ बजे अञ्जुको शव ओछ्यानमा फेला परेको र घाँटीमा झुण्डेर आत्महत्या गरेको जस्तो डाम देखिएको प्रहरी निरिक्षक तिलक सुनारले जानकारी दिए ।
पोस्टमार्टम रिपोर्टपछि थप कुरा खुल्ने उनको भनाई छ ।
सुत्ने कोठामा घरको छानामा अञ्जुको गर्दनमा शल बाँधिएको थियो । ससुरा पक्षले रञ्जुले आत्महत्या गरेको दावी गरेको छ ।
तर माइत पक्षले भने घरपरिवार मिलेर छोरी अञ्जुको हात्या गरेको आरोप लगाएका छन् ।
घटनास्थलको प्रकृतिले रञ्जु आत्महत्या नगरेको र घरपरिवार नै मिलोर घाँटी थिचि हत्या गरेको उनकी बुबा महोत्तरीको गौशाला नगरपालिका १० भरतपुर बस्ने रामजत महतोको आरोप छ ।
अञ्जुको विवाह गएको फागुन २० गते समाजिक परम्परा अनुसार रामवृक्षसंग भएको थियो । विवाहपछि परिवारजनले यस्तो बुहारीले घर नचल्ने कुरा माइत पक्षलाई पटक पटक सुनाएको आरोप छ ।
घटनाको सुक्ष्म अनुसन्धान गरी छोरीलाई हत्या गर्ने दोषीहरुलाई कारबाही गर्न माइतपक्षले माग गरेका छन् ।
अञ्जुको शवलाई सोमबार बिहान पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !