कपिलबस्तु जिल्ला अदालतले गत आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यभन्दा निकै कम मुद्दा फछ्र्योट गरेको छ । अदालतले ७० प्रतिशत बढी मुद्दा फर्छौट गर्ने लक्ष्य लिए पनि गत आर्थिक वर्षमा ३८ दशमलव २२ प्रतिशत मात्र मुद्दाको फैसला भएको छ ।
जिल्ला अदालतको आ.व.०७६/७७ को १ हजार ३ सय ९६ मुद्दा ०७७/७८ मा लगत सरेर आएको र ०७७/७८ मा १ हजार ६ सय ६० मुद्दा नया दर्ता भएको अदालतका श्रेस्तेदार हिरण्यप्रसाद भन्डारीले बताए ।
आ.व. २०७७/०७८ मा जम्मा ३ हजार ५६ मुद्दा लगत रहेकोमा १ हजार १ सय ६८ मुद्दा फछ्र्योट गरेर १ हजार ८ सय ८८ मुद्दा लगत सरेर आएको उनले बताए ।
आ.व.०७६/७७ र ०७७/०७८ मा कोरोना महामरीका कारण र मान्य न्याधिशहरुको सरुवा बढुवाको कारणले लगत फछ्र्योट फैसला कम रह्यो त्यही कारणले हामी लक्ष्य अनुसार काम गर्न नसकेको श्रेस्तेदार भन्डारीले बताए ।
गत आर्थिक बर्ष को ७७ मंसिरबाट मात्र मुद्दा फैसला र अदालतको दैनिक कार्य सञ्चालन भएको थियो । मंसिर देखि चैत्र सम्म ३ हजार ५६ मुद्दामा १ हजार १ सय ६८ मुद्दा फैसला भएको हो । गत वर्ष देबानीतर्फ ८ सय १७ फर्छाैट भएको र १ हजार २५६ फर्छौट हुन बाँकी छ । सरकारवादी २ सय १३ फर्छौट र २ सय ६४ बाँकी छ । दुनियाँवादी फौजदारीमा १ सय १६ फर्छौट भएको र ३ सय ३० फर्छौट हुन बाँकी छ। पुनरावेदन देवानीमा ४ फर्छौट र १४ बाँकी छ । सरकारवादी फौजदारी पुनरावेदनमा २ वटा मुद्दा फर्छौट हुन बाँकी छन्। बन्दी प्रत्यक्षीकरणमा ५ वटै फर्छौट भएका छन् । निषेधाज्ञामा १३ फर्छौट र २२ बाँकी छन् ।
७० प्रतिशत बढी मुद्दा फर्छौट गर्ने लक्ष्य रहे पनि कोरोना भाइरसका कारण अदालतको कामकाज समेत प्रभावित भएको श्रेस्तेदार भण्डारीले बताए ।
अधिकांश मुद्दाहरु एकदेखि ढेड वर्षभन्दा कम अवधिका रहेकोले यस वर्ष प्राथमिकताका साथ काम अघि बढाइने उनले बताए।मुद्दा र रिट गरी गत वर्षको १ हजार ८ सय ८८ लगत यस वर्ष जिम्मेवारी सरेर आएको छ ।
तपाईको प्रतिक्रिया !