कपिलबस्तु, साउन २७
कपिलबस्तुको जिल्ला प्रशासन कार्यालयको अगाडी मास्क बैंक र सेल्फी कर्नरको उद्घाटन गरिएको छ । ‘सक्नेले मास्क दान गर्नुस्, नसक्नेले निशुल्क लिनुहोस्’ भन्ने नाराका साथ मास्क बैंकको शुभारम्भ गरिएको छ । कोरोना महामरीलाई मध्यनजर गरी सो कार्यको थालनी गरिएको हो ।
कोरोना संक्रमित हुनेको संख्यामा बृद्धि हुँदै गएपछि रोकथामका लागि मास्क बैंक र सेल्फी कर्नरको सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए । स्वास्थ्य मापदण्ड उल्लघङ्न भएको र मास्क लगाउन पनि लापरवाही गरेकाले स्वास्थ्यको मापदण्ड तथा मास्कको महत्वबारे जानकारी गराउन मास्क बैंक सञ्चालनमा ल्याइएको बताए ।
आफुले मास्क लगाएको फोटो सामाजिक संजालमा राखि स्वास्थ्य कार्यालय कपिलबस्तुलाई मेन्सन गर्नु हुन स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेले बताए । उनले मेन्सन गर्नुहुने मध्ये १ जना उत्कृष्टले हरेक दिन पुरस्कार स्वरुप १ प्याकेट मास्क प्रदान गर्ने बताए ।
मास्क बैंक र सेल्फी कर्नरको उद्घाटन प्रमुख जिल्ला अधिकारी चक्रपाण पाण्डे, प्रहरी उपरिक्षक दान बहादुर कार्की, जिल्ला समन्वय अधिकारी भुमिराम पोखरेलले संयुक्त रुपमा गर्नु भएको छ ।
मास्क बैंक सञ्चालनको लागि कालिका स्वाबलम्बन सामाजिक केन्द्रले जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुलाई १ हजार थान मास्क हस्तन्तरण गरेको छ ।
तपाईको प्रतिक्रिया !