कपिलबस्तु, साउन २८
कपिलबस्तुमा ब्राउन सुगर सहित २ जना भारतिय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको जिल्ला सिद्धार्थनगर थाना शोहरतगढ निबी बस्ने २५ वर्षिय सहजाद अन्सारी र सोही स्थानका ३२ वर्षिय मोहम्मद रजा खान रहेको प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताए । उनिहरुको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरिएको हो ।
उािनहरुलाई शुद्धोधन गाँउपालिका वडा नं.३ हर्दिहवा स्थित लागु औषध बिक्री वितरण गरि रहेको भन्ने बिशेष सुचनाको आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक भण्डारीले बताए ।
पक्राउ परेका सहजाद अन्सारीले लगाएको जिन्स पाईन्टको गोजी भित्र जब्बर छाप तम्बाकु (सुर्ती) राख्ने प्लाष्टिकको प्याकेटमा प्लाष्टिक भित्र कालो डोरीले बाधेर राखेको ३ वटा पोका फेला परेको हो ।
दुबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !