कपिलबस्तु, भाद्र १४
साना किसान कृषि सहकारी संस्थाको नयाँ शाखा पचेहरामा उद्घाटन भएको छ । साना किसान कृषि सहकारी संस्था लिमिटेड निग्लिहवा र जहदी विच समन्वय गरी कपिलबस्तु नगरपालिका वडा नं. १० पचेहरामा स्थापना गरिएको हो ।
सो अवसरमा बोल्दै वडा नं ९ का वडाध्यक्ष शिव बहादुर वाग्लेले साना किसान अभियानले किसानलाई सहुलियत पूर्ण ऋण दिएको तथा कृषि उत्पादन समेत बजारीकरण गरिरहेको हुदा यस कार्यक्रमलाई अझै बढी प्रभावकारि बनाउदै लैजानु पर्ने जोड दिए ।
आफनो वडा अन्तर्गतको बजार क्षेत्रमा कुनै पनि वित्तीय सेवा प्रदायक नहुदा जनताले सहजिकरणको लागि पहल अनुरोध गरेबमोजिम पहल गर्दा संस्थाले कार्यालय स्थापना गरेकोमा शुभकामना व्यतm गर्दै कृषि क्षेत्रमा सहुलियत पूर्ण ऋणा प्रवाह तथा उत्पादनको बजारिकरण समेत गरि दिन वडा न १० का वडाध्यक्ष मोहनलाल शर्माले संस्थालाई अनुरोध गरे ।
त्यस्तै वडा नं.११ का वडाध्यक्ष राम गोपाल यादवले हाल पनि जनताले चर्काे ब्याजमा साहु महाजनसँग ऋण लिने गरेको तथा विभिन्न दुर्घटनाहरू समेत भएको हुदाँ संस्थाबाट आफना जनताले लाभ लिने आसा व्यत गरदै संस्थालाई नियमित रूपमा पार्दशि ढंगबाट काम गर्नु पर्ने बताए ।
उक्त कार्यालयको उद्घाटन कपिलवस्तु नगरपालिका वडा नं.९ का वडाध्यक्ष शिव बहादुर वाग्ले, वडा नं. १० का वडाध्यक्ष मोहनलाल शर्मा र वडा नं. ११ का वडाध्यक्ष राम गोपाल यादव, साना किसान कृषि सहकारी संस्था लि मोतीपुरको अध्यक्ष भीम प्रसाद सापकोटा, प्रबन्धक शालिक राम पौडेलले सयुक्तरूपमा गर्नु भएको हो ।
कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलको अनुरोधमा उदघाटनमा गर्ने खर्च रकम कटौती गरि कपिलवस्तु नगरपालिका वडा नं ११ बनगाईका बाढी प्रभावित ११ घरधुरिलाई खद्यान्न वितरण गरिएको छ ।
तपाईको प्रतिक्रिया !