कपिलबस्तुको महाराजगंज नगरपालिका वडा नं. ९ बाट अबैध रुपमा भारतबाट ल्याएको ४ वटा गोरु बरामद गरिएको छ ।
पक्राउ पर्नेमा महाराजगंज नगरपालिका वडा नं. ९ बस्ने २२ वर्षको मनोज पासी र सोही स्थानका १८ वर्षका गोविन्द पासीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कुशहवा बढनीबाट गस्तिमा खटिएको टोलिले पक्राउ गरेको हो ।
बरामद गरिएको गोरु र पक्राउ गरेको मनिसलाई आवश्यक अनुसन्धानका लागि कृष्णनगर भन्सार कार्यालय पठाइएको प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताए ।
तपाईको प्रतिक्रिया !