कपिलवस्तु २८ भदौ
नेपाल निजामती कर्मचारी युनीयनको कपिलवस्तुको तौलिहवामा संपन्न आठौ अधिबेशनबाट झकबहादुर आले निर्बिरोध अध्यक्षमा निर्वाचित भएका छन । आलेको नेतृत्वमा कार्य समिति निर्बिरोधरुपमा चयन भएको निर्वाचन मण्डलका संयोजक प्रबीण श्रीवास्तवले बताए ।
समितिको खुला उपाध्यक्षमा नविन खनाल र महिला उपाध्यक्षमा धनीश्वरी बैजाली समाबेशी उपाअध्यक्षमा प्रभुनाथ यादव निर्वाचित भएका छन । सचिवमा राजेश सैनी सह सचिवमा सुदीप प्रसाद मौर्य, कोषाध्यक्षमा शिव कुमार यादव रहेका छन । सदस्यहरुमा बुजशे यादव मोहन केसी, अनिल कुमार चौधरी, संजीव कुमार सिंह, सुमित्रा भुसाल, साबित्रा चौधरी, पदमलाल घिमिरे, रमेश कुमार रेग्मी रहेका छन । महाधिबेशन प्रतिनिधिहरूमा धनञ्जय नेपाल राम प्रसाद अधिकारी निराजन लम्साल रामकृष्ण तेली सुर्य प्रसाद चापागाई छन ।
नव निर्वाचित अध्यक्ष आलेले कर्मचारीहरुको पेशागत हक हीत र अधिकार स्थापनाकालागि आफु सधै लागि रहने बताए। अधिबेशनकोको कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले उदघाटन गर्दै युनियका सदस्य र पार्टी बिच समन्वय हुनु पर्ने बताए ।
सो अवसरमा पर्वु मन््त्री दीप कुमार उपाध्याय, युयिनका केन्द्रिय अध्यक्ष गोपाल प्रसाद पोख्रेल, प्रदेश सदस्य रिना नेपाल, युनियनका बरिष्ठ उपाध्यक्ष सुरेन्द्र प्रसाद अधिकारी, कांग्रेसका पुर्व जिल्ला सभापति सुधाकर पाण्डेय बुद्धुभमी नगरपालिका मेयर केशव कुमार श्रेष्ठ, युनियका सचिव गणेश भन्डारी लगायतले कर्मचारीहरुको समायोवन बिधेकय , सघीय निजामति ऐन समन्वय गरे मात्र पारित गर्नु पर्ने बताए ।
तपाईको प्रतिक्रिया !