कपिलवस्तु २८ भदौ
कोभिडबाट प्रभावित भएका कपिलवस्तुका २ पालिकाका १५ सय अति बिपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न सहयोग गरिएको छ । कोभिड रेसपोन्स कार्यक्रम अन्र्तगत इस्लामि रिलिफ जर्मनी स्वीडेन र ईस्लामिक रिलिफ नेपालको सहयोगमा बतास फाउन्डेशन र लिडो नेपालले संयुक्तरुपमा बिपन्न परिवारलाई सो राहत प्रदान गरेको हो ।
कोभडिले खानलाउन समेत समस्या भएका परिवारलाई राहत दिइएको हो । बाणगंगा नगरपालिकाका ९ सय र सुद्धोदन गाउपालिकाका ६ सय परिवारलाई सो सामाग्री बाडिएको लिडोकी ब्यवस्थापक सुनिता बेल्बासेले बताईन । पालिकाको समन्वयमा बिपन्न परिवारको छनौट गरी राहत बाडिएको उनले बताईन । प्रति परिवार ५० केजी चामल, ६ केजी दाल, ३ प्याकेट नुन, ४ केजी चिनी र ३ लिटर तेलका दरले राहत प्रदान गरिएको हो । प्रति परिवारलाई ४ हजार ७८० मुल्यको राहत दिईको बेल्बासेले बताईन ।
राहत पाए पछि बिपन्न परिवार निकै खुशी भएका थिए । उता सोही संस्थाको सहयोमगा ३ पालिकामा ६० लाख बढी मुल्यका कोभिडकालागि उपयोगी हुने स्वास्थ्य सामाग्री समेत हस्तान्तरण गरिएको छ । बाणगंगा नगरपालिकाकालाई २४ लाख, कपिलवस्तु अस्पताललाई २४ लाख र सुद्धोदन गाउपालिकालाई १२ लाखको स्वास्थ्य सामाग्री प्रदान गरिएको बेल्बासले बताईन ।
यस्तै सोही संस्थाले बाणगंगा नगरपालिकाका स्वास्थ्य संस्था र बिद्यालयमा गरी १८ वटा हेन्डवास स्टेशन, सुद्धोदन गाउपालिकालाई १८ हेन्डवास स्टेशन तथा कपिलवस्तु नगरपालिकालाई २ हेन्डवास स्टेशन प्रदान गरिएको थियो । बाणगंगा नगरपालिका मेयर मंगल प्रसाद थारुले लिडो र बतास फाउन्डेशनले आफनो पालिकामा कोभिड प्रभातिव नौ सय परिवारलाई खाद्यान्न सहयोग गरेर अति राम्रो काम गरेको बताए । ‘ हामीले गर्न नसकेको काम संसथाले गर्यो बिपन्न परिवार लाभान्वित भए उनले भने ।
कोभिडकालागि २४ लाख बढी मु्ल्यका सामाग्री बाडेर संस्थाले रचनात्मक काम गरेको बताए । उता सुद्धोदन गाउपालिकाकी उप मेयर सुधादेबी पाण्डेयले लिडो र बतास फाउन्डेशनले गरीब र बिपन्न परिवारलाई राहत दिएर अति उत्तम काम गरेको बताईन ।
तपाईको प्रतिक्रिया !