आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको जारी पहिलो खेलमा नेपालले अमेरिकाको चौथो विकेट झारेको छ।
अमेरिकाका नोसथुस केजिंगे रन आउट भएका हुन। उनले २६ बल खेल्दै १३ रन जोडे। योसँगै अमेरिकाले ३० ओभरको समाप्तिमा ४ विकेट गुमाएर १२९ रन बनाएको छ।
अमेरिकाका मोनक पटेल ५९ रन बनाएर खेलिरहेका छन् भने जसकरण मल्होत्रा भर्खरै क्रिजमा आएका छन।
यसअघि कुशल मल्लले नेपाललाई तेस्रो सफलता दिलाएका थिए।
मल्लले निसर्ग पटेललाई बोल्ड पार्दै तेस्रो विकेटका लागि उनी र मोनिक पटेलबीच चलेको ४९ रनको साझेदारी तोडेका थिए। निसर्गले ३९ बलको सामना गर्दै २१ रन बनाए।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको जारी पहिलो खेलमा नेपाल अमेरिकासँग टस हारेर बलिङ गरिरहेको छ।
कुशलसँगै नेपालका विक्रम सोब र सन्दीप लामिछानेले १(१ विकेट लिएका छन।
विक्रमले अमेरिकाका ओपनर स्टेभिन टेलरलाई १४ रनमा खेलिरहँदा कुशल भुर्तेलको हातबाट क्याच गराएका थिए। १७ बल खेलेका टेलरले १ चौका प्रहार गरे।
यस्तै सन्दीप लामिछानेले अर्का ओपनर सुशान्त मोदानीलाई बोल्ड पार्दै अमेरिकाको दोस्रो विकेट झारेका थिए। मोदानीले २८ बलमा १ चौकासहित १६ रन बनाए।
त्रिकोणात्मक सिरिजअन्तर्गत नै सन् २०२० फेब्रुअरीमा भएको भेटमा नेपालले अमेरिकालाई ओडीआई इतिहासकै सर्वाधिक कम ३५ रनमा अल आउट गरेको थियो।
अमेरिका त्यो हारको बदला दिने दाउमा हुँदा नेपाली टोली त्यही लयलाई निरन्तरता दिन चाहन्छ।
हेड टु हेड नेपाल र अमेरिकाबीच हालसम्म दुई ओडीआई खेलमा भेट भएको छ। दुवै खेल नेपालले आफ्ना पक्षमा पारेको छ।
नेपालको घरेलु मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई पहिलो खेलमा ३५ रन र दोस्रो खेलमा ८ विकेटले हराएको थियो।
तपाईको प्रतिक्रिया !