कपिलबस्तु असोज
जिल्लाको महाराजगंज नगरपालिकामा ईलाका हुलाक कार्यालयको उद्घाटन गरिएको छ । कार्यालयको उद्घाटन् जिल्ला हुलाक कार्यालयका निमित्त प्रमुख शिवलाल बन्जाडेले गर्नु भएको छ । निमित्त हुलाक प्रमुख बन्जाडेले ईलाका हुलाक महाराजगंजले पुर्याएको योगदानको प्रसंशा गरेका थिए । कार्यालय स्थापना भएपछि अगमी दिनमा हुलाकको कार्य प्रभावकारी हुने उहाले बताउनु भयो ।
महाराजगंज ईलाका हुलाक अन्र्तगत ८ वटा अतिरिक्त हुलाक कार्यालयहरु रहेका छन् । जिल्लामा १३ वटा ईलाका ५९ वटा अतिरिक्त हुलाक रहेका छन् । सो ईलाका हुलाकको निर्माण आफ्नै लगानीमा निर्माण गरिएको हो ।
कार्यक्रम हुलाकका खरीदार गुड्डु कोरीको सञ्चालनमा भएको कार्यक्रममा स्वागत मन्तव्य ईलाका हुलाक कार्यालय महाराजका प्रमुख पटेश्वरी कुर्मीको रहेको थियो ।
कार्यक्रममा जिल्ला हुलाकका खरिदार केशब फुल्देल, गुड्डु कोरी, महाराजगंज ईलाका हुलाक कार्यालयका पटेश्वरी कुर्मी, अतिरिक्त हुलाक कार्यालयका हुलाक प्रतिनिधिहरु, पत्र वितरक, डाँक बाहक लगायतका कर्मचारहिरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !