कपिलवस्तु कार्तिक २
आईतवार देखि परेको बेमौसमी बर्षाले जिल्ला कै प्रमुख धान बालीमा क्षति पुगेको छ । यस बर्ष धान उत्पादनमा बृद्धि हुने अनुमान गरीरहेको बेला आईतावार देखि परेको अबिरल बर्षाले धान स्याहर्नकालागि खेतमा काटेर राखिएको धानमा क्षति नोक्सानी गराएको हो । स्याहार्न तयारी अवस्थाका धानबाली पानीले भिजेपछि किसान चिन्तित बनेका छन् ।
काटेर खेतमै छाडेका धान भिज्दा स्यार्हान, दाउन समस्या भएको छ ।अर्ली भेराईटी धान बालीमा बढि नोक्सान भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख डाक्र रबिन्द्र चौबेले छिटो हुने प्रजातिका धान नोक्सान भएको बताए । ढिलो पाक्ने धानलाई भने फाइदा पुगेको उनी बताउछन् । कृषकहरु धान स्हार्ने बेलामा पानी परे पछि निकै चिन्तित बनेका छन् । कपिलवस्तु नगरपालिका– ९ का जोगेन्द्र कुमीले बेमौसमी बर्माले धानमा ठुलो नोक्सानी गरेको बताए ।
‘काटने तयारी अवस्थामा रहेको धान पानीले सखाप पार्यो’ चौधरीले दुःखी हुदै भने । अबिरल बर्षाले धान ढलाएर पानीले भिज्दा झन नोक्सानी भएको उनले बताए । ‘ कम्पाईन मेशिन लगाएर धान स्हार्ने सोच बनाएको थिए, तर पानीले धान र खेत भिजेको छ ’ ।
यस बर्ष पर्याप्त बर्षा र मलखादको समते राम्रो आपुर्ति भएकाले उत्पादन बढी हुने आश गरेर बसेका कुषकहरु बेमौसमी बर्षाले निराश भएको कपिलवस्तु नगरपालिका– १० पचेहराका कृषक रामबृष केवटले बताए । ‘ बेमौसमी बर्षाले गर्दा धानखेतीमा कृषकहरुलाई निकै मर्का परेको छ ’ उनले भने । ‘ यस बर्ष धान खेती राम्रो देखिएको थिया, तर अहिले पानीले चुट्यो खै लगानी पनि उठ्दैन जस्तो लाग्छ ’ उनले भने । खतेमा काटेर दाउन ठिक्क पारेको धानबाली पानीले चुटेर चौपट पारेको कृषकहरु चिन्तित बनेका छन् ।
पहिला राम्रो आम्दानी हुन्छ भन्दै उखुखेती गरि दुई बर्ष सम्म सुगर मिलले रकम नदिएपछि पुनः धानखेती गरेका कृषक राकेश कुर्मी यसबाट पनि घाटा भएको भन्दै अब खेती नै नगर्ने बताउछन् ।‘ खतीबाट घाटामा मात्र भयो अब खेती नै नगने बिचारमा पुगेको छु ’ उनले निराश हुदै भने ।
कृषि ज्ञान केन्द्रले प्राकृतिक विपत्तीबाट हुने नोक्सान बाट बच्न बाली विमा गराउन कृषकहरु संग आग्रह गरेका छन । केन्द्रका प्रमुख रबिन्द्र चौबेले बैमौसमी बर्षाले के कति क्षति भएको छ भन्ने तथ्यांक संकलन जारी रहेको बताए ।
तपाईको प्रतिक्रिया !