कपिलवस्तु ३ कार्तिक । कपिलवस्तु नगरपालिका वडा नम्बर ३ स्थित रामघाटको दतीवनीया बावा कुट्टीमा निर्माण गरिएको हनुमानको एउटै मार्बलबाट बनेको ८ फुटको मुर्तिको मेयर किरण सिंहले प्राण प्रतिस्ठान गरेका छन ।
बिधिवत पुजापाठ गरी मेयर सिंहले नवनिर्मित हनुमान मुर्तिको प्राण प्रतिस्ठान गरेका हुन । मुर्तिको प्राण प्रतिस्ठान गर्न ५ जना पंडीतहरुले सामुहिक पुजा पाठ गरेका थिए । हनुमानको मुर्ति स्थापना गरिएको स्थलमा यज्ञशाला, बाटो सिढी समेत निर्माण गरिएको छ । निर्माणमा करिब १७ लाख लागनी भएको मेयर सिंहले बताए । प्राण प्रतिस्ठान समारोहमा मेयर सिंहकी श्रीमति उमा समेतको सहभागीता रहेको थियो ।
सो अवसरमा मेयर सिंहले धार्मिक स्थल रामघाटमा भक्तजनहरुको माग अनुसार हनुमानको मुर्ति स्थापना गरिएको बताए । यो मुर्तिले रामघाट र दतीवनीय बावा कुट्टीको महत्व अझ बढने बताए । मुर्तिमा लाईटिङ स्स्टिम समेत राखिएकाले राति अझ सुन्दर देखिने भक्तजनहरु बताउछन । दतिवनीया बावाले निर्माण गरेको अग्लो हनुमानको मुर्ति नजिकै अर्को आकर्षक हनुमानका मुर्ति निर्माण गरिए पछि भक्तजनहरु खुशी भएका छन ।
तपाईको प्रतिक्रिया !