कपिलबस्तुमा मादक पदार्थ सेवान गरी झटकेलो छोरोले साथी संग मिलेर बुवाको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कपिलबस्तुको शिवराज नगरपालिका ९ भगवानपुर बस्ने ४२ बर्षिय गोरे भन्ने चन्द्र बहादुर थापाको गत कार्तिक ४ गते विजयनगर गाँउपालिका ५ बनगाई स्थित पोखरीमा लाश फेला परेको थियो । प्रहरीले घटना शंकास्पद देखेपछि अनुसन्धान थालिएको थियो ।
प्रहरीको अनुसन्धानबाट थापाको हत्यामा संलग्न विजयनगर–६ का २६ वर्षीय जयन पुन मगर र शिवराज नगरपालिका–९ का २४ वर्षीय मुकेश महरालाई पक्राउ गरेको प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बताउनुभयो । मगर थापाका झटकेला छोरा हुन् । आफ्नी आमालाई दुःख दिएको आरोपमा मगरले महराको सहयोग लिएर हत्या गरेको प्रहरी उपरिक्षक कार्कीले बताउनुभयो ।
घटना भए दीन थापालाई मगरले बोलाएर स्कुटरमा लगेका थिए । लगेपछि मगर र महरा दुबैले कुटपिट गरी हत्यापछि पोखरीमा लाश फालेको प्रहरीले जनाएको छ ।
‘आफू र आफ्नी आमालाई घरमा बस्न नदिएको रिसमा हत्या गरेको बयान उहाँले दिएका छन्,’ प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो ।
थापाले घरमा बस्न नदिएपछि आमासहित मगर विजयनगर गाँउपालिका–६ भटेनीमा बस्दै आएका थिए । दुबैले राति १० बजे थापालाई बोलाई लु ४६ प ४१८९ नं. को स्कुटरमा चढाएर विजयनगर गाँउपालिका–५ बनगाई पोखरी नजिक पु¥याएका थिए । कुटपिट गर्दा ज्यान गए पछि पोखरीमा फालिदिएका थिए ।
मगर र महरालाई कर्तव्य ज्यान मुद्दामा थुनामा राखि थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक भण्डारीले बताउनुभयो ।
तपाईको प्रतिक्रिया !