मादक पदार्थ सेवान गरी झटकेलो छोरोले साथी संग मिलेर गर्यो बुवाको हत्या

कपिलबस्तुमा मादक पदार्थ सेवान गरी झटकेलो छोरोले साथी संग मिलेर बुवाको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कपिलबस्तुको शिवराज नगरपालिका ९ भगवानपुर बस्ने ४२ बर्षिय गोरे भन्ने चन्द्र बहादुर थापाको गत कार्तिक ४ गते विजयनगर गाँउपालिका ५ बनगाई स्थित पोखरीमा लाश फेला परेको थियो । प्रहरीले घटना शंकास्पद देखेपछि अनुसन्धान थालिएको थियो ।
प्रहरीको अनुसन्धानबाट थापाको हत्यामा संलग्न विजयनगर–६ का २६ वर्षीय जयन पुन मगर र शिवराज नगरपालिका–९ का २४ वर्षीय मुकेश महरालाई पक्राउ गरेको प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बताउनुभयो । मगर थापाका झटकेला छोरा हुन् । आफ्नी आमालाई दुःख दिएको आरोपमा मगरले महराको सहयोग लिएर हत्या गरेको प्रहरी उपरिक्षक कार्कीले बताउनुभयो ।
घटना भए दीन थापालाई मगरले बोलाएर स्कुटरमा लगेका थिए । लगेपछि मगर र महरा दुबैले कुटपिट गरी हत्यापछि पोखरीमा लाश फालेको प्रहरीले जनाएको छ ।
‘आफू र आफ्नी आमालाई घरमा बस्न नदिएको रिसमा हत्या गरेको बयान उहाँले दिएका छन्,’ प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो ।
थापाले घरमा बस्न नदिएपछि आमासहित मगर विजयनगर गाँउपालिका–६ भटेनीमा बस्दै आएका थिए । दुबैले राति १० बजे थापालाई बोलाई लु ४६ प ४१८९ नं. को स्कुटरमा चढाएर विजयनगर गाँउपालिका–५ बनगाई पोखरी नजिक पु¥याएका थिए । कुटपिट गर्दा ज्यान गए पछि पोखरीमा फालिदिएका थिए ।
मगर र महरालाई कर्तव्य ज्यान मुद्दामा थुनामा राखि थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया
संबन्धित समाचार