कपिलबस्तुमा प्रहरीले टोय एयर पेस्तोल सहित सिमा क्षेत्रबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मायादेवी गाँउपालिका ६ डुमराका २२ वर्षिय फेराज अहमद मुसालमान रहेको प्रहरीले जनाएको छ ।
मुसालमानलाई अस्थायी प्रहरी पोस्टबाट खटीएको टोलीले सिमा क्षेत्र चाकरचौडाबाट पकडी तर्फ जादै गरेको यू पि ५५ ए एफ ०८६६ नं.को मोटरसाईकललाई चेक जाँच गर्ने क्रममा पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताउनुभयो ।
पक्राउ परेका मुसालमानले बोकेको कालो झोला भित्र ४.५ एम एम डेँजर टोय एयर कालो रंगको पेस्तोल, त्यसमा प्रयोग गर्ने २८ थान काटिज, ४२ क्याप्सुल स्पास्मो, २१ ट्याब्लेट नाईट्राभेट, १ थान भिभो मोबाईल, ४ थान पेनड्राइभ, १ थान वाईफाई स्पिडर फेला परी बरामद गरीएको प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बताउनुभयो । उहाँ मथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !