कपिलबस्तु, कार्तिक २५
नेपालको पुर्वी जिल्लामा एक दशक अघि सम्म सिमित रहेको छठ पर्व अहिले छठ समाबेशी, एकता र सदभावको पर्व बन्दै गएको छ । ३ दशक अघि सम्म पुर्वी जिल्लाबाट नोकरीका लागि जिल्लामा आएका तीन चार परिवारले मात्र जिल्लामा छठ पर्व मनाउने गथ्र्यो । तर अहिले भने छठ पर्व जिल्लामा एकता र सदभावको पर्ब बनेको छ । जिल्ला सदरमुकाम तौलिहवा, कृष्णनगर लगायतका स्थानहरुमा मैथली, अवधी र पहाडी समुदायका महिलाहरुले बुधबार सांझको अस्ताउंदो सुर्य र विहिबार विहानको उदाउंदो सुर्यलाई अर्घ दिएर पर्व मनाएका छन् । गत वर्षहरुको तुलनामा कपिलवस्तुको सदरमुकाम तौलिहवा लगायतका क्षेत्रमा छठ पर्व मनाउने महिलाहरुको संख्या उल्लेख्य मात्रामा बढेको छ ।
दुई तिन बर्ष पहिला हाम्रो अवध समुदायमा छठ पर्व कमै मात्रामा मनाइन्थ्यो तर यो बर्ष छठ पर्व मनाउने महिलाहरुको संख्या बढ्दै गएको स्थानीय लक्ष्मी चौरसीयाले बताइन् । उहँंले भन्नुभयो “छठ पर्व प्रदेश नं. २ तिर धुमधामका साथ मनाइने गरिन्छ तर विगत केही बर्ष देखि कपिलबस्तुमा पनि हर्षोल्लासका साथ मनाइने गरिएको छ ।”
छठ पर्व हिन्दु धर्मालम्बीहरुको महान पर्व भएकोले विशेष गरी सन्तान प्राप्तिका लागि मनाइने गरिएको स्थानिय सुमन अग्रहरीले बताईन् । छठ पर्व बिभिन्न जात जातहिरुले एकैसाथ पर्व मनाउदा सांस्कृतिक आदान प्रदान समेत हुने उहाले बताइन् ।
छठ पर्व म पहिलो पटक मनाउन लागेको र छठ मैयाले हामीहरुको सबै मनोकमना पुरा गरुन, घर परिवारलाई रक्षा गरुन भन्ने उद्धेश्यले मनाउन लागिएको ब्रतालु बताउछन् ।
बिशेष गरी पुर्वका मधेसी समुदायले मात्र अंगालिएको छठ पहाडी, नेवार, मधेसी, दलित मुस्लिम, जनजाति लगायतमा समेत लोकप्रिय बन्दै गएको अधिकारकर्मी रवि ठाकुरले बताउनुभयो । उहाँले भन्नुभयो “यो पर्व एउटा सद्भावको प्रतिकको रुपमा परिचित हुदै गएको बताउनुभयो ।” अघिल्ला वर्षहरुको तुलनामा क्रमश छठ पर्व मनाउने महिलाहरुको संख्या बढ्दै गएको.उहांले बताउनुभयो ।
कपिलबस्तु तौलिहवा जमुवार नदी, रामघाट नदी र कृष्णनगर, बहादुरगंज, पकडी, लबनी लगायतका नदी तटीय क्षेत्रमा जम्मा भएका महिला तथा पुरुषहरु छठ पर्व मनाउंदै रातभर जाग्रम वसी भजन किर्तन गरेका थिए । नदी, तलाउ र अन्य जलाशयमा बनाईका रंगीचंगी घाटमा नुहाएर अस्ताउंदो सुर्यलाई ठोकुवा, भुसुवा लगायतका मिष्ठान्न र केरा सहितको फलको अर्घ दिई विहिवार कार्तिक शुक्ल सप्तमीका दिन विहान उदाउंदो सुर्यलाई अर्घ दिएर छठ पर्व विधिवत सम्पन्न गरेका छन् ।
तपाईको प्रतिक्रिया !