कपिलबस्तु, कार्तिक ३०
नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पेट्रोलिय पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ताको माग गर्दै गरेको नेपाल बन्दमा हिँडेको भन्दै कपिलवस्तुको शिवराज नगरपालिका– १ बनकसबासा जंगल नजिकै ढुंगाले हान्दा बसमा सवार एक व्यक्ति घाईते भएका छन् ।
बिराटनगरबाट दाङ तुल्सिपुर जाँदै गरेको ना ५ ख ४९८९ नम्बरको बसलाई ३ जनाको संख्या रहेको विप्लवका कार्यकर्ताहरुले बसमा ढुंगा हन्दा उदयपुर गाईघाट नगरपालिका २ का ३२ वर्षीय लक्ष्मण परियार घाइते भएको प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बताए ।
परियारको ढाडमा सिसाले काटेको उनले बताए । उनको चन्द्रौटा हस्पिटलमा उपचार गरिएको थियो । बसको अगाडिको सिसा फुटेका र स्कटिङ गरी पश्चिमतर्फ लगिएको उनले बताए । बन्द गराई हिडने नेत्रबिक्रम चन्द विप्लवका २४ जना कार्यकर्ता पक्राउ परेको प्रहरी उपरीक्षक कार्कीले बताए ।
विप्लव कपिलवस्तु जिल्ला सचिव कमल के.सी, बाणगंगा नगर समिति सचिव शेरमान थारुसहित २४ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय पिपराले बिहान ९ जना, ईप्रका चन्द्रौटाले १२ जना, ईप्रका गोरुसिंगेले एक जना, जिल्ला प्रहरी कार्यालयमा २ जना नियन्त्रणमा लिईएको उनले बताए । बन्दको प्रभाव जिल्लाको उत्तरी भेमगा बढी परेको थियो ।
तपाईको प्रतिक्रिया !