कपिलबस्तु, कार्तिक ३०
कपिलबस्तुमा फैलिएको हैजालाई नियन्त्रण गर्न हैजा विरुद्धको खोप लगाइने भएको छ । खोप बारे स्वास्थ्य कार्यालय कपिलबस्तुले आयोजना गरेको पत्रकार अन्र्तक्रिया कार्यक्रममा सो जानकारी गराइएको हो । जिल्लाका पाँच पालिका हैजाबाट प्रभावित भएका छन् । सो पालिकामा हैजा बिरुद्धको ओरल कलोरा भ्याक्सिन लगाईने भएको हो ।
हैजाबाट सुरक्षित हुन र संभावित मृत्युलाई रोक्न आउने मंसिर ५ देखि १० गते सम्म जिल्लाको यशोधरा गाउपालिकाबाट भ्याक्सिन लागउने कार्यको थालनी गरिने स्वास्थय कार्यालयका प्रमुख हेमराज पाण्डेले बताए ।
उनले अन्य ४ पालिकाहरु कृष्णनगर, महाराजगंज शिवजराज नगरपालिका र बिजयनगर गाउँपालिकामा आउने मंसिर ७ देखि १२ गते सम्म खोप अभियान संचालन हुने पाण्डेयले बताए । जिल्लाका ५ पालिकामा खोप लागउनका लागि २ लाख ५२ हजार ३६३ कलोरा खोप आउन लागेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले बताए । कृष्णनगर नगरपालिकाकालाई ६० हजार ७४३, महाराजंज नगरपालिकालाई ५३ हजार १५६, शिवराज नगरपालिकालाई ६४ हजार ७४८, बिजयनगर गाउपालिकालाई ३५ हजार ९०३ र यशोधरा गाउपालिकालाई ३७ हजार ७८३ जनालाई खोप लागईने छ । झाडा पखाला प्रभावित ती ५ पालिकामा हैजा प्ुष्टी भएको थियो । हैजाबाट कपिलबस्तुमा ६ जनाको मृत्यु भएको थियो ।
तपाईको प्रतिक्रिया !