सागर वि.क.
कपिलवस्तु, पुस । नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलको एक सामान्य कार्यकर्ता भएर राजनिति सरु गरेकी कपिलवस्तुकी लक्ष्मी थारु अहिले नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्यमा निर्वाचित हुन सफल भईन् । थारु जिल्लाको बाणगंगा नगरपालिका वडा नं.२ बैजलपुरकी स्थायी बासिन्दा हुन् । नेपाली समाजमा कुनै पनि महिलालाई घरपरिवारको इच्छा विपरित उभिन त्यति सजिलो छैन् । लक्ष्मी थारु पनि आफ्नो परिवारसंगै समाजको अपेक्षा भन्दा माथि उठ्दै आफ्नो छुट्टै अस्तित्व कायम गर्न चाहन्थिन् । छुट्टै अस्तित्व कायम गर्ने यात्राको प्रारम्भ उनले नेपाली कांग्रेसको राजनितिबाट गरिन् ।
२७ बर्षिया थारु समाजका हरेक सामाजिक कार्यमा संक्रिय रहदै आएकी छन् । थारु नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत वडा नं.२ बाट क्षेत्रीय प्रतिनिधिमा छनोट भईन् । त्यसै गरि कपिलवस्तु क्षेत्र १(क) बाट प्रदेश प्रतिनिधिमा निर्वाचित भईन् । त्यो यात्रालाई अघि बढाउँदै उनी नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्यमा निर्वाचित हुन सफल भईन् । यस्तै उनी नेपाल उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेश सदस्यमा समेत मनोनित भईन् । उनी हाल कपिलवस्तु उद्योग बाणिज्य संघको कार्यसममिति सदस्य पनि हुन् । सुरुवाती चरणमा आफ्नो परिवारसंगै समाजले आफुलाई हेर्ने दृष्टिकोण नकारात्मक रहेको उनले बताईन् ।
‘सुरुवाती चरणमा मलाई राजनिति गर्न अत्यन्तै गाह्रो भयो, परिवार, समाजले विभिन्न कुरा सुनाउँथे, तर म त्यसलाई डटेर सामाना गर्दै अघि बढे, जहाँ सफलता पनि हात पार्दै आएकी छु ।’ उनले भनिन् । सानै उमेर देखि नै समाज रुपान्तरण गर्न सक्छु भन्ने आत्माविश्वास बोकेर अघि बढेकी लक्ष्मी थारु अहिले पनि दर्जनौं बढी संघसंस्थामा आवद्ध हुदैं कार्य सम्पादन गर्दै छिन् । आफुलाई राजनितिमा केही गर्न सकिन्छ भन्ने कुराको विश्वास दिलाएर राजनितिमा ल्याउने काम चन्द्रकान्त पोख्रेलले गरेको भन्दै उनले धन्यवाद समेत दिईन् । अहिलेसम्म नेतृत्व वर्गबाट अपेक्षा गरेअनुसार व्यवहार तथा जिम्मेवारी प्राप्त भएको र नेपाली कांग्रेसको राजनिति गर्दै सासंद बन्न सक्छु भन्ने आत्माविश्वास आफुमा रहेको उनले बताईन् ।
उनका दुई छोराछोरी र एक श्रीमान छन् । श्रीमानले पनि सुरुवाती चरणमा आफुलाई राजनितिको यात्रामा सहयोग नगरेको तर आफुले काम गरेर देखाउँदै श्रीमानको पनि विश्वास जित्न सफल भएको उनले अनुभव सुनाईन् । ‘सुरुमा त श्रीमानले पनि खासै सपोर्ट गर्नुभएन्, पछि मैले काम गर्दै जादाँ उहाँको विश्वास जित्न सफल भए । त्यसपछि उहाँ म र मेरो काम प्रति सकारात्मक हुनुभयो ।’ उनले भनिन् । धनीहरुले मात्र राजनिति गर्न सक्छन् भन्ने समाजको मानसिकतालाई आफु परिवर्तन गर्न चाहेको उनले बताईन् । नेपाली कांग्रसेको राजनितिमा समाहित भई सबै महिला वर्गले आफुलाई सक्षम तुल्याउन सक्ने उनले दाबी गरिन् ।
अब आउँदै गरेको स्थानीय तहको चुनावमा कांग्रसलाई गुटउपगुटबाट माथि उठाउँदै जीत सुनिश्चित गर्न उनले आह्वान समेत गरिन् । आफुबाट नै सुरुवात गर्नुपर्छ भन्ने मान्यतालाई आत्मासात गर्दै कांग्रेसको नेतृत्वदायी भूमिका निर्वाह गर्न आफु अग्रसर भएर लाग्ने उनले बताईन् । क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भए पश्चात आफुलाई राजनितिमा नै केही गर्न सक्छु भन्ने आत्माविश्वास जागेको उनले अनुभव सुनाईन् ।
तपाईको प्रतिक्रिया !