एमालेको सचिवमा पाण्डेले उम्मेदवारी दिने


एमाले कपिलवस्तुको २३ पुसमा हुने नवौ अधिबेशनमा सचिव पदमा भेषराज पाण्डेले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । उहाले आफू ब्यवस्थापन शास्त्रको विधार्थी भएकाले सही ब्यक्तिलाई सही सयममा सही भूमिका दिनु पर्ने वताउदै सचिवका लागि आफू सबैभन्दा उत्तम विकल्प रहेको दावि गर्नु भएको छ ।
उहाले सचिवले संगठन , मञ्च, माइन्यूट र दैनिक प्रशासनको नेतृत्व गर्नु पर्ने भन्दै ती सबैमा अब्बल क्षमताका साथ काम गर्न तयार भएको वताउनु भएको छ । हाल ४७ औ वर्षमा प्रबेश गरेका पाण्डे १४ वर्षको उमेरमा अनेरास्ववियू २ नम्वर इलाका कमिटी अर्घाखाँचीको अध्यक्षवाट संगठनको राजनीति शुरु गरेको वताउनु हुन्छ ।
उहाले २०५१ सालमा कपिलवस्तु बहुमुखी क्याम्पस पढ्दा क्याम्पसकै इतिहासमा पहिलो पटक अनेरास्ववियूका तर्फवाट स्ववियू सभापति जितेर राजनैतिक रुपमा फड्को हान्नु भएको थियो । तौलिहवा क्याम्पसमा अनेरास्ववियूले त्यस अघि र अहिले सम्म स्ववियू जित्न सकेको छैन । पाण्डेको ब्यक्तिगत प्रभाव र संगठन गर्ने फरक क्षमताकारण स्ववियू जितेको वताइन्छ । उहा अनेरास्ववियूको २ पटक जिल्ला अध्यक्ष , २ पटक लुम्विनी अञ्चल अध्यक्ष हुदै अनेरास्ववियूको राजनीतिमा स्थापित हुनु भएको थियो । पाण्डे पार्टी राजनीतिमा २०५२ सालवाट प्रबेश गर्नु भएको हो । २०५२मा एमाले इकालका नं ५ को उपसचिव हुदै सचिव बन्नु भएका पाण्डे २०५४ सालवाट जिल्ला कमिटीमा रहेर हाल सम्म निरन्तर कृयासिल हुदै आउनु भएको छ ।

२०६०—०६३को कार्यकालमा एमाले कपिलवस्तुको कार्यालय सचिव भएर एक कार्यकाल कुशलता पूर्वक कार्यलय संचालन गर्नु भएका पाण्डेले करिव १५ वर्ष सम्म क्याम्पसमा प्रध्यापन गर्नु भएको थियो । संचार क्षेत्रमा उहा कपिलवस्तुकै अग्रभागमा रहेर समेत काम गरि सक्नु भएको छ । ब्यस्थापन शास्त्र अन्तर्गत लेखा शास्त्रमा स्नातकोत्तर९एमविएस० र बौद्ध विश्वविद्यालयवाट ९एमएविएस०गरेका पाण्डे हाल प्रयोगात्मक बौद्ध शिक्षावाट पिएचडीको अध्ययन गर्दै हुनुहुन्छ ।

पाण्डेले कपिलवस्तु नगर कमिटी अध्यक्ष एवम इन्चार्ज ,एमाले जिल्ला प्रचार विभागको प्रमुख जस्ता जिम्मेवारी विगतमा सम्हाल्दै आफूलाई एक कुशल संगठकका रुपमा परिचित गराउनु भएको छ ।यसपाली उहाले सचिवमा उम्मेदवारी दिएको वताउदै विजयी हुनेमा ढुक्क रहेको तर्क गर्नु भयो । उहाले आफू अहिले सम्म कुनै पनि विवादीत काममा नपरेको स्वच्छ छविको कार्यकर्ता भएकाले आफू धेरैको रोजाइको पात्र बन्नेदावि गर्नु भयो ।

तपाईको प्रतिक्रिया !

संबन्धित खवर

  • ट्रेन्डिङ
  • प्रतिक्रिया
  • ताजा