आज सर्वदलीय बैठक नबस्ने, सरकारका प्रवक्ता भन्छन्– बैठक बोलाइएकै थिएन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको भनिएको सर्वदलीय बैठक नबस्ने भएको छ । सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आज बैठक नै नबोलाएको बताए ।

हिजो गठबन्धनका केही नेता र प्रधानमन्त्रीकाे सचिवालयले आज बैठक बस्ने बताएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित हुने भएपछि बैठक रोकिएको हुनसक्ने बुझिएको छ । बैठक अहिले बिहान ११ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने भनिएको थियो ।

प्रतिक्रिया
संबन्धित समाचार