पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यक सेवादेखि बाहेकका सबै सेवा शुक्रवारदेखि लागु हुने गरी स्थगित गरेको छ ।
कार्यालयको नागरिकता फाँटमा कार्यरत तीन जना कर्मचारीहरूमा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएकोले शान्ति सुरक्षा, मुद्दा, विपद् तथा महामारीजन्य संकट व्यवस्थापनका आवश्यक कार्य बाहेक सबै सेवाहरू स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
बिहीबार जारी विज्ञप्तिमा माघ २१ गतेसम्म अत्यावश्यक सेवा बाहेक सबै सेवा स्थगित गरिएको जारी उल्लेख गरिएको छ ।
तपाईको प्रतिक्रिया !