जिल्लाको बुद्धभुमि नगरपालिका ५ निवासी युवा सामाजसेवी लक्ष्मण पौडेलले आफ्नो छोरीको जन्मदिनमा बालगृहलाई सहयोग गरेका छन् । जिल्लाको सदरमुकाम तौलिहवामा रहेको बालगृहमा पौडेले आफ्नो छोरी मनसुन पौडेलको ७ औ जन्मदिन बालबालिकासंग मनाउदै बालगृहलाई हनि, ब्रेड,दालमोट र बिस्कुटहरू प्रदान गरेका थिए ।
पौडेलले भने “ हामीले जन्मदिनमा फजुल खर्च गर्छौ । यही फजुल खर्च रोक्न सन्देश मिलोस भनेर सहयोग गरेको हु । यसरी सहयोग गर्दा मनमा छुट्टै खुसी महशुस हुदो रहेछ । हामी सबैले आफ्नो जन्मदिन अरुलाई सहयोग गरेर मनाउनु पर्छ ” ।
बालगृहमा आएर जन्नदिन मनाउदा बालगृहमा रहेका बाबुनानि पनि खुसि भएको बालगृहका प्रमुख रामप्रसाद अर्यालले बताए । सो अवसरमा नेपाली कांग्रेसका नेता अनुप कुमार पाण्डेय, रुपक खनाल लगायतको सहभागिता रहेको थियो ।
अहिले नेपाल बाल संगठनद्वारा सञ्चालित बालगृहमा २६ जना असहय बालबालिका रहेका छन् ।
तपाईको प्रतिक्रिया !