तौलिहवा,माघ २५ । कपिलबस्तुको मर्यादपुरबाट प्रहरीले अबैध मटर (केराउ) बरामद गरेकोछ । प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरी टोलिले नेपालबाट भारतको इटवातर्फ जांदै गरेको अबैध पाँच टन मटर (केराउ) सहित यू पि ५५ टी २२९५ नम्बरको ट्रक बरामद गरिएको हो ।
उक्त केराउ सहितको ट्रक र ट्रक चालक देश भारत जिल्ला सिद्धार्थनगर ग्राम इटवा बस्ने बर्ष २७ को धन प्रकाश अग्रहरीलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताउनुभयो ।
बरामद गरिएको केराउ सहितको ट्रक आवश्यक कारबाहीको लागि भन्सार कार्यालय सुठौली पठाउने तयारी भईरहेको प्रहरी नायब उपरिक्षक भण्डारीले बताउनुभयो ।
तपाईको प्रतिक्रिया !