भैरहवा, २७ माघ
नेपाली काङ्ग्रेस सिद्दार्थ नगर वडा नम्बर ८ ले बृद्द बृद्दा तथा निम्न आय भएका नागरिकलाइ कम्मवल बितरण गरेको छ । कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाली काङ्ग्रेस रुपन्देहिका सभापती रामकृष्ण खाणले काङ्ग्रेस सबै जनताको पार्टी भएको भन्दै जनताको शुख दुखमा पार्टी पुग्ने बताए । उनले जनताको सेवानै मुख्य उदेश्य रहेको भन्दै कार्यकर्तालाइ सामाजिक काममा केन्द्रित रहन आग्रह गरे । चोक र चिया पसलमा बसेर एकले अर्काको कुरा काट्ने परिपाटीको अन्त्य गरि सबै काङ्ग्रेस नेता र कार्यकर्ताहरु जनताको शुख दुखमा पुग्नु पर्ने र जनतका समस्याको समाधान गर्नु पर्ने उनको जोड थियो ।
काङ्ग्रेस क्षेत्र ३ का क्षेत्रीय सचिब लेखनाथ भट्टराई र नगर सह सचिब आदर्श गुरुङले कम्मवल प्रदान गरेका थिए । उक्त ५० थान कम्मवल पचास घर परिवारका सदस्यलाइ प्रदान गरिएको हो । वडा सभापती टन्क ज्ञवालीको सभापतित्व, सचिब दिपक काफ्लेको संचालनमा सम्पन्न कार्यक्रममा, क्षेत्रीय सभापती सुशील गुरुङ , संविधान सभा सदस्य इस्तियाक अहमद खान, प्रदेश क का सभापती सुरेन्द्र जङ्ग थापा, नगर सभापती कोशिश खड्का, महासमिती सदस्य देबि चौधरी लगायतले बोल्दै कार्यक्रमको प्रशमसा गरेका थिए ।
तपाईको प्रतिक्रिया !