प्रिमियर लिग : लिभरपुलको कठिन जित, टोटेनह्याम वुल्भ्स्सँग पराजित हुँदा वेष्टह्याम र लेस्टरकाे बराबरी
काठमाण्डाै – इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले कठिन जित निकालेको छ ।
गएराति भएको खेलमा रेलिगेशन जोनमा रहेको बर्नलीलाई लिभरपुलले १–० गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलका लागि खेलको ४० मिनेटमा फाबिन्होले गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।
रेलिगेशनबाट बच्न सङ्घर्ष गरिरहेको बर्नलीले धेरै राम्रा गोललाई बचाएको थियो । जितसँगै दोस्रो स्थानमा रहेको लिभरपुलको ५४ अङ्क भएको छ । शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको ६३ अङ्क छ ।
यस्तै, इङ्ग्लिस प्रिमियर लिग फुटबलमै गएराति भएको खेलमा न्युक्यासल र वुल्भ्स् विजयी भएका छन् । न्युक्यासलले एस्टोन भिल्लालाई १–० गोल अन्तरले पराजित गरेको हो भने टोटेनह्याम वुल्भ्स्सँग २–० को गोल अन्तरले पराजित भएकाे हाे।
यस्तै, अर्को खेलमा चौथो स्थानमा रहेको वेष्टह्यामले ११औँ स्थानमा रहेको लेस्टर सिटीसँग २–२ गोलको बराबरी खेलेकाे छ ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













