भैरहवा, फागुन १५ गते । जनता समाजबादी पार्टी ( जसपा ) रुपन्देहिका दुई जना जिल्ला सदस्य नेपाली काङ्ग्रेस प्रबेस गरेका छन् । लोकतन्त्रको रक्षा र देस बिकास काङ्ग्रेस बाट मात्र सम्भब भएको भन्दै जसपा जिल्ला सदस्यहरु सम्साद अलि अन्सारी र जालिम केवट आइतबार पार्टी प्रबेस गरेका हुन ।
पार्टीमा स्वागत गर्दै नेपाली काङ्ग्रेस रुपन्देहिका सभापती रामकृष्ण खाणले काङ्ग्रेस सबै अट्ने र सबैलाइ न्याय गर्ने पार्टी भएको बताए । उनले पार्टी प्रवेश गरेपछी नयाँ र पुरानो भन्ने नहुने भन्दै योग्यता र क्षमताको आधारमा उचित जिम्मेवारी दिइने समेत बताए । पार्टिमा समाबेसिताको उदाहरण दिदै उनले काङ्ग्रेस सबैको साझा पार्टी भएको भन्दै नंया पुरानोको मात्र नभइ कुनै जात जाती धर्मको आधारमा समेत विभेद नहुने बताए ।
नेपाली काङ्ग्रेस रुपन्देही ३ का क्षेत्रीय सभापती सुशील गुरुङको सभापतित्वमा सप्पन्न कार्यक्रमको संचालन सचिब लेखनाथ भट्टराइले गरेका थिए ।
तपाईको प्रतिक्रिया !